काठमाडौं,
चैत २० ।
मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै हाल देशमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाएको छ ।
महाशाखाले आज दिउँसो देशका पहाडी भू-भागमा आँशिक बदली हुने र अपरान्हतिर थोरै स्थानहरुमा मेघ गर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जानकारी दिएको छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमानमा उल्लेख छ ।
राति भने देशका पहाडी भू-भागमा आँशिक बदली रही पहाडी भू-भागका एक वा दुई स्थानमा मेघ गर्जन, चट्याङ तथा असिनासहित वर्षाको सम्भावना रहेको छ ।






