प्रदेश एकको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैया बढी सङ्कलन

विराटनगर,
चैत १९ ।

कोरोना रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषमा बुधबारसम्ममा ११ करोड रुपैया बढी सङ्कलन भएको छ । यो कोषमाप्रदेश सरकारले १० करोड रुपैया जम्मा गरेको छ भने सामाजिक सङ्घसंस्था, बैङ्क, वित्तिय संस्था र व्यक्तिहरुले एक करोड ९४ हजार रुपैयाजम्मा गरेका हुन् ।

कोषमा मन्त्रि परिषद्का सदस्यहरु र राज्य मन्त्रीहरुले एक महिनाको पारिश्रमिक जम्मा गरेका छन् । त्यस्तै प्रदेशसभाका सभामुख र उपसभामुखले एक लाख २१ हजार, प्रदेशसभा सदस्यहरुले २२ लाख ३० हजार, राउत कन्ट्रकसन सर्भिसले ११ लाख, हुलास वायरले ११ लाख, अरिहन्त मल्टिफाइवरले ११ लाख, रघुपति जुटमिलले १० लाख रुपैया जम्मा गरेका छन् ।

त्यस्तै सिद्धार्थ बैङ्कले १० लाख, सिटिजन्स बैङ्क इन्टरनेशनलले ७ लाख, कृषिविकास बैङ्क लिमिटेडले ५ लाख, नेपाल बैङ्क लिमिटेडले ५ लाख, ट्रान्स नेपाल फ्राइट सर्भिसेजले ५ लाख रुपैया जम्मा गरेका छन् । एस आइ डी वि एलबाट २ लाखदुई हजार, प्रदेश लेखा नियन्त्रण कार्यालयका कर्मचारीहरुबाट २० हजार र रामचन्द्र प्रसादबाट २० हजार रुपैया कोषमा जम्मा भएको छ ।

कोरोना भाइरसको रोकथाम, प्रतिरक्षा र उपचारका लागि प्रदेश सरकारले कोषको स्थापना गरेको हो । कोष राष्ट्रिय बाणिज्य बैङ्क विराटनरको कोरोना जनसुरक्षा कोष खाता नं २१२०००५८८१०१मा जम्मा गर्न तथा फोन पेबाट पनि रकमजम्मा गर्न सकिने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार