काठमाडौं,
चैत १२ ।
कोरोना भाइरस (कोभिड–१९) रोकथामका लागि नेपाल सरकारले लागू गरेको ‘लकडाउन’ उल्लंघन गर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट नियन्त्रणमा लिएको छ ।
अटेर गरी लकडाउन नमान्ने ३०२ सवारी साधनलाई विभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अत्यावश्क काममा निस्केकालाई भने छाडिएको छ ।
साथै घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई समेत सम्झाई बुझाई गरी घरतर्फ नै फर्काईको छ । अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने, अन्य सवारी साधनलाई नचलाउन र सर्बसाधारणलाई घरबाट ननिस्कन समेत आग्रह गरिएको छ ।






