लक्की मिडिया हाउसद्वारा नेपाल चलचित्र कलाकार सङ्घको टोलीलाई चितवनमा स्वागत

चितवन,
चैत ८ ।

नेपाल चलचित्र कलाकार सङ्घको टोलीलाई चितवनमा स्वागत गरिएको छ । मोफसलकै चर्चित लक्की मिडिया हाउसद्वारा भरतपुरमा आयोजित एक कार्यक्रमबीच उनीहरुलाई स्वागत गरिएको हो ।

टोलीमा सङ्घका अध्यक्ष रबिन्द्र खड्का, उपाध्यक्ष एवम् प्रवक्ता मोहन निरौला, महासचिवमा तेजबहादुर सिंह ‘राजा’ र केन्द्रीय सदस्य रामेश्वर बुर्लाकोटी रहेका छन् । उनीहरुलाई लक्की मिडिया हाउस चितवनका महाप्रबन्धक हरि कार्की ‘लक्की’ले स्वागत गरेका थिए । स्वागतपछि चलचित्र क्षेत्रका समस्या, चिन्ता र चासोको बारेमा छलफल भएको थियो ।

छलफल कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले पछिल्लो समय चलचित्र क्षेत्र धरायशायीहुंँदा आम कलाकारहरुलाई समस्या भएको बताए । कलाकार देशका गहना रहेको बताउंँदै उनले कलाकारको प्रतिभा र योगदानलाई कदर गर्नुपर्नेमा जोड दिए । सङ्घका महासचिव सिंहले कलाकारले देशका सामाजिक र सांस्कृतिक क्षेत्रमा उल्लेखनीय योगदान रहेको बताए ।

कलाकारबाट देशलाई चिनाउन सहयोग पुग्ने भन्दै उनले उनीहरुको योगदानलाई राज्यले भूल्न नहुने बताए । कलाकार र चलचित्र क्षेत्रको सम्बन्ध नङ्ग र मासुको रहेकोले आम दर्शक स्रोताले नेपाली चलचित्रलाई माया गर्नुपर्ने उनको भनाई थियो । आगामी दिनमा सङ्ख्यात्मक भन्दा गुणात्मक चलचित्र बनाउन जोड दिनुपर्ने उनीहरुको धारणा थियो ।

यसमा तपाइको मत

अन्य समाचार