काठमाडौं,
चैत ७ ।
प्रगतीशिल गायिका निलिमा पुनको नयाँ गीत सार्वजनिक भएको छ । गायिका पुनको साथमा सुमन रोक्का मगरको समेत स्वर रहेको ‘एउटै काखमा हुर्केथ्यौं हामी’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो ।
पञ्चेबाजाको रमाईंलो लयमा रहेको उक्त गीतमा बिदेशीएका दाई र पराई घरमा रोई रहेकी बहिनीको मर्मस्पर्शी कथालाई बुनिएको छ । गायिका निलिमा पुनकै शब्द तथा सङ्गीत रहेको गीतको एरेञ्ज झलक संगीतमले गरेका छन् भने भिडियोमा बागलुङ, पर्वत, कास्कीलगायतका दृष्यहरु समेटिएक
मौलिक एवम् मनोरञ्जक र मर्मस्पर्शी सबै शैलीमा निर्माण गरिएको भिडियोमा सुजन थापा, हेमा श्रीष राना, धन बहादुर थापा, हस्तदेवी थापा, पञ्चकली पुन, मनरुपी श्रीष तथा बाल कलाकारमा साजन श्रीष र दिपीका थापाको अभिनय देख्न सकिन्छ । बिनय थापा छन्त्यालको छायाँकनमा डमर भण्डारी क्षेत्रीले निर्देशन गरेको भिडियोको सम्पादन तुलसी बाँस्कोटाले गरेका हुन् ।






