काठमाडौं,
चैत ६ ।
ओम सुनार र रिता केसीको स्वरमा रहेको गीत ‘तिम्रो माया…’ सार्वजनिक भएको छ । जेवी दलितको शब्द, ओम सुनारको सङ्गीत निर्देशन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मनोज वलीले निर्देशन गरेको गीतको भिडियोमा मनोज ओली र दुर्गा दाहाललाई फिचरिङ गरिएको छ । नरेश अयरको छायाँकन रहेको भिडियोमा सन्तोष महराको ड्रोन र शक्ति प्रज्जवल घिमिरेको सम्पादन रहेको छ ।
‘हामी सबैको मिहिनेतबाट एउटा राम्रो गीतको भिडियो स्रोता/दर्शकमाझ लिएर आएका छौ, आशा छ यो गीत र भिडियोले सबैको मन जित्ने छ’, गायक तथा सङ्गीतकार ओमले भने ।






