काठमाडौं,
फागुन ३० ।
यतिवेला कोरोना भाइरसले संसारलाई आक्रान्त पारेपछि नेपालले पनि यसको सम्भावित जोखिम रोक्न भन्दै सतर्कता अपनाउन थालेको छ । सरकारद्धारा गठित उच्चस्तरीय समन्वय समितिको बिहिबार बसेको बैठकले विदेशबाट आउने सबैलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ ।
मार्च १४ तारिख शनिबारदेखि स्वदेश फर्कने नेपाली, गैरआवासीय नेपाली र विदेशीहरुले १४ दिनसम्म अनिवार्य रुपमा सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने भएको हो ।






