काठमाडौं,
फागुन १५ ।
समिता श्रेष्ठ र राहुल रक्सको स्वरमा रहेको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक भएको छ । सुरज अधिकारीको शब्द÷सङ्गीत र महाराज थापाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतको भिडियोमा सञ्चारकर्मी तथा मोडल विकाश लामिछानेसँग गायिका समिता आफैँ फिचर्ड छिन । काठमाडौं, सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायाँकन गरिएको यस गीतको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन् ।
भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डीओपीमा आभास बज्राचार्यको छायांकन रहेको छ भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन् ।






