काठमाडौं,
फागुन ११ ।
बिजी बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुति र शंकर अधिकारी घायालको लेखन तथा निर्देशनमा चलचित्र तक्दिर घोषणासँगै फर्स्टलुक सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको घोषणासँगै फर्स्टलुक सार्वजनिक गरिएको हो ।
राजेन्द्र बजगाईं र पुरुषोत्तम न्यौपानेको सङ्गीत, नित्याशिवा, पुरुषोत्तम र राजेन्द्रको स्वर, देव महर्जनको द्वन्द्व ,राजन महर्जनको नृत्य र छायाँकन रहने यस चलचित्रबाट कृष्ण पाण्डेले डेब्यु गर्दैछन् । चलचित्र तक्दिरको कलाकारको नाम घोषणा गरिएको छैन् ।
उक्त कार्यक्रममा चलचित्र ‘मेरो दिल छ पोखरामा’को विशेष शो पनि गरिएको थियो । उक्त अवसरमा कलाकार र प्राबिधिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । कला राई र गायिका नित्याशिवाले सबै कलाकार र प्राबिधिकलाई दोसल्ला ओढाएका थिए ।
शंकर अधिकारीको ‘घायल’को लेखन तथा निर्देशन अनि कला राईको प्रस्तुतिमा राजु पौड्याल, रोशन बिसी, गंगा कुवर, हेमलता घिमिरे, विशाल सुनुवार, लक्ष्मण भण्डारी, दीप कुलुङ, राजन महर्जन, देव महर्जन, राज कुमार कुवर गायिका नित्याशिवा, पुरुषोत्तम न्यौपाने र राजेन्द्र बजगईंको उपस्थिति रहेको कार्यक्रममा दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।






