काठमाडौं,
फागुन ९ ।
इन्दिरा जोशी र अर्जुन पौडेलको स्वरमा रहेको गीत ‘मेरा काला दाह्री’ सार्वजनिक भएको छ । दीपक शर्माको शब्द/सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र स्वामस्वेत रसाइलीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
गम्भिर विष्टको निर्देशन र सुवोल थापाको कोरियोग्राफी रहेको गीतको भिडियोमा आचल शर्मा र रञ्जित पौडेललाई फिचरिङ गरिएको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन रहेको छ ।






