महाशिवरात्रीको पूर्वसन्ध्यामा शोभायात्रा

काठमाडौं,
फागुन ६ ।

यसवर्षको महाशिवरात्रीको पूर्वसन्ध्यामा राजधानीमा मंगलबार शोभायात्रा गरिएको छ । नेपाल भ्रमणवर्षसँग जोडेर महाशिवरात्रीलाई भव्य रुपमा मनाउने योजना अनुसार मंगलबार शोभा यात्रा गरिएको हो ।

मंगलबार बिहान पशुपतिनाथ मन्दिरको पश्चिम गेटबाट सुरु गरेको शोभा यात्रा वनकाली, तिलगंगा, तीनकुने, नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला हुँदै हंसमण्डपसम्म पुगेको थियो ।

शोभा यात्रामा कलाकार, साधुसन्त, महन्त, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्याण्ड टोली कोषका पदाधिकारी र कर्मचारी, नेपाल वेद विद्याश्रमका शिक्षक, विद्यार्थी र महाशिवरात्री मुल समारोह समारोह समिति लगायतको सहभागिता रहेको थियो ।

महाशिवरात्री भव्य रुपमा मनाउन यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईको अध्यक्षतामा १११ सदस्यीय मूलसमारोह समिति गठन गरिएको छ । महाशिवरात्रीको विशेष तयारीका लागि विभिन्न ११ वटा उपसमिति गठन गरिएको कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले जानकारी दिए ।

यसमा तपाइको मत

अन्य समाचार