स्वस्तिकाको नेतृत्वमा रङ्गशालालाई ४२ हजार सहयोग

चितवन,
फागुन २ ।

कलाकार स्वस्तिका लामिछानेको नेतृत्वमा चितवनमा बन्दै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागी ४२ हजार ९ सय ५० रुपैंया सहयोग गरिएको छ । विश्वका बिभिन्न देशमा छरिएर रहेको नेपालीहरुले पठाएको रकम कलाकार स्वस्तिकाले धुर्मुस सुन्तली फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल (धुर्मुस)लाई हस्तान्तरण गरेकी छन् ।

स्वस्तिकाले निर्माणाधिन रङ्गशालामै पुगेर रकम हस्तान्तरणसँगै अवलोकन गरेकी थिइन् । ‘मैले पनि आफ्नो तर्फबाट केही गर्न सक्ने सहयोग गरेँ । साथै बिभिन्न ठाउँबाट सहयोग रकम पठाउनुहुने सम्पूर्णमा धन्यवाद दिन चाहान्छु’ स्वस्तिकाले भनिन् । रकम बुझेपछि धुर्मुसले सहयोग गर्ने सबैलाई रङ्गशाला निर्माणमा जोडिनुभएकोमा धन्यवाद ब्यक्त गरे ।

कलाकार स्वस्तिका लामिछाने केही चलचित्र, टेलिसिरियलमा काम गरेकी छिन् । उनले केहिसमय अघिसम्म नेपाल टेलिभिजनमा प्रसारण हुने ब्रेक फेलमा मुख्य कलाकार भएर काम गरेकी थिइन् । साथै चलचित्र ‘वडा नम्बर ६’, ‘छक्का पन्जा’मा पनि अभिनय गरिसकेकी छन् । यस्तै आउँदो चलचित्र ‘लक्का जवान’मा पनि उनको अभिनय देख्न पाइनेछ ।

कलाकार स्वस्तिका लामिछानेले हस्तान्तरण गरेको रकम निम्न सहयोगीदाताहरुबाट पठाइएको हो ।

USA को Maryland मा बसोवास गर्नुहुने
ईश्वरी पौडेल  रु. १६,७४९/-
विजय ढकाल  रु. ११,१६६/-
दिनेश पुन USA रु ७,८१६/-

रमेश (भारत) हाल USA रु. ५,५८३/-
स्वयम्भु स्थानीय मार्फत रु १,६३६/-
कुल रकम रु ४२,९५०/-

यसमा तपाइको मत

अन्य समाचार