राजु गिरी सम्मानित

काठमाडौं,
माघ २६ ।

चलचित्र निर्देशक राजु गिरी राष्ट्रिय नागरिक सम्मानबाट सम्मानित भएका छन् । नागरिक समाजले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा निर्देशक गिरीलाई सम्मानित गरिएको हो ।

कार्यक्रमका प्रमूख अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले निर्देशक गिरीलाई खादा र प्रमाणपत्रसहित ‘राष्ट्रिय नगरिकन सम्मान २०७६’ बाट सम्मानित गरेका हुन् । सो अवसरमा समाजमा विशिष्ट योगदान पुर्‍याएको भन्दै अन्य विभिन्न व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

बिगत दुई दशकदेखि चलचित्र क्षेत्रको प्रबर्धन लागिपरेका चलचित्र निर्देशक राजु गिरी ट्वाक्क टुक्क हास्य टेलिचलचित्रबाट अभिनय सुरु गर्दै आफ्नै लगानीमा ५२ घुस्सा ५३ ठक्कर टेलिफिल्म समेत निर्माण गरे । तत्पश्चात चलचित्र ‘चन्द्रवती’ मार्फत उनले निर्देशन यात्रा तयगरे । उक्त चलचित्र पछि उनले चलचित्र ‘बिन्दास’को सिकवेलको निर्देशन गरे । उनले विन्दास- २ विन्दास- ३, विन्दास लाइफ- ४, मखमली – मखमली, टाइगर, जिस्म जिम्म- २, द रियल हिरो, राजा निर्देशन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार