जन्मदिनमा ‘मेरो प्यारो मल्लाज गाउँ’ लिएर आए सुजन बराईली (भिडियोसहित)

काठमाडौं,
माघ २४ ।

मल्लाजको धार्मिक तथा पर्यटकिय गन्तव्यलाई गीत मार्फत प्रचार प्रसार गर्ने उद्देश्यले सुजन बराईलीको स्वरमा नयाँ गीत ‘मेरो प्यारो मल्लाज गाउँ सार्वजनिक भएको छ । पर्वत जिल्लाको जलजला गाउँपालिका स्थित मल्लाजमा जन्मिएका बराईलीले ‘मेरो प्यारो मल्लाज गाउँ’ बोलको गीत सार्वजनिक गरेका हुन् ।

https://www.youtube.com/watch?v=tHYwhMhzUmY&feature=emb_err_watch_on_yt

बराईलीले आफ्नो जन्मदिनको अवसर पारेर उक्त गीत आफ्नै युटुब च्यानल मल्लाजी म्युजिक मार्फत सार्वजनिक गरेका हुन् । सुजन बराईलीकै शब्द र रहेको गीतमा कस्तुप पन्तको सङ्गीत रहेको छ ।

सञ्चारकर्मी प्रकाश बराईली ‘अभिब्यक्ती’ले निर्देशन तथा छायाँकन गरेको गीतको भिडियोमा जलजला गाउँपालिका लगायत मल्लाजका बिभिन्न पर्यटकीय र धार्मिक क्षेत्रलाई कैद गरिएको छ ।

भ्रमण बर्ष २०२० सँगै मल्लाजमा आन्तरिक पर्यटक भित्राउनका लागि गाउँको परिवेशलाई समेटेर गीत तथा भिडियो तयार गरिएको गायक बराईलीले जानकारी गराए ।

यसमा तपाइको मत

अन्य समाचार