पढाई नभएको भन्दै रौतहटको एक वडा कार्यालयमा तोडफोड, १८ विद्यार्थी पक्राउ

प्रमोद सहनी,
रौतहट,
माघ २३ ।

रौतहटको एक वडा कार्यालयमा विद्यार्थीहरुले तोडफोड गरेका छन् । पढाइ राम्ररी नभएको भन्दै विद्यार्थीहरुले रौतहटको गरुडा नगरपालिका वडा नं २ को कार्यालयमा बुधबार दिउँसो तोडफोड गरेका हुन् ।

स्थानीय श्रीमाध्यमिक विद्यालयका विद्यार्थीहरु वडा कार्यालयमा प्रवेश गरी कागजात, फर्निचर, कम्प्युटर, झ्यालढोका लगायतका सरसमान तोडफोड गरी नष्ट गरेका छन् । तोडफोड गरी सरसमानलाई यताउता फालिदिएका छन् । कार्यायका धेरै सामग्री नष्ट एवम् क्षतिग्रस्त भएको छ ।

तोडफोडमा संलग्न १८ जना विद्यालर्थीलाई प्रहरीले पक्राउ गरेको छ । १८ जना विद्यार्थीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखिएको रौतहटका प्रहरी प्रवक्ता डीएसपी नवीन कार्कीले जानकारी गराए ।

दुई महिना अगाडी पनि पढाइ नभएको भन्दै विद्यार्थीहरुले विद्यालयमै तोडफफोड गरेका थिए । मनोबल बढेर फेरि वडा कार्यालयमै तोडफोड गरी व्यापक क्षति गरेकाले पक्राउ परेका विद्यार्थीहरुमाथि मुद्दा चलाई कानुन अनुसार कारबाही गरिने डीएसपी कार्कीको भनाइ छ ।

यसमा तपाइको मत

अन्य समाचार