मिसेस एण्ड मिस गुरुङ २०२० का प्रतियोगिले देखाए प्रतिभा

काठमाडौं,
माघ २२ ।

मिसेस एण्ड मिस गुरुङ – २०२० का प्रतियोगिले आफूमा भएको प्रतिभा प्रस्तुत गरेका छन् । प्रतियोगिताको ट्यालेन्ट शोमा उनीहरुले नृत्य, अभिनयलगायत अन्य कलामा उत्कृष्ट आ-आफ्नो प्रतिभा प्रदर्शन प्रस्तुत गरेका हुन् । आयोजकका अनुसार प्रतियोगिताको ग्राण्ड फिनाले यही आउदो माघ २९ गते बुधबार राष्ट्रिय नाचघर जमलमा हुँदैछ ।

गुरुङ जातिको कला संस्कृति भेषभूषा, रिति–रिवाज एवम् रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित गुरुङसेनी, गृहिणी/व्यवसायिक महिला दिदी-बहिनि मार्फत अन्य जनजाति, समाज, राष्ट्र तथा अन्तर्राष्ट्रिय स्तरमा समेत प्रवद्र्धन र सामाजिकीकरण गर्ने उद्देश्यले विगत दुई बर्षदेखि एस.के. इन्टरटेनमेन्ट प्रा.लि.ले यो प्रतियोगिता गर्दै आएको छ ।

प्रतियोगिलाई नेपालका ख्याति प्राप्त चर्चित फेसन कोरियोग्राफर ट्रेनरबाट सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण दिदै आएको आयोजक संस्थाकी अधक्ष्य शान्त तामाङले बताइन । प्रशिक्षणको क्रममा प्रतिस्पर्धिहरुलाई फिटनेस, योगा, स्पा, सेल्फ मेकअप क्लास, फेशन क्लास सहित गतिविधीमा समेत सहभागि गराईएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार