काठमाडौं,
माघ २२ ।
अष्ट्रेलियाबाट ‘बन्दकी’ गीतको भिडियो सार्वजनिक भएको छ । अष्ट्रेलिया बस्दै आएका प्रबिन्द काफ्लेको निर्देशनमा रहेको ‘बन्दकी’ गीतको भिडियो सार्वजनिक भएको हो ।
श्रीया नेपालको स्वर रहेको गीतको भिडियोको छयांकन अष्ट्रेलियाको ब्रिसबेन, गोल्ड कस्टलगायत स्थानमा गरिएको छ । अष्ट्रेलियामै रहेका प्रतिभा महर्जन र आर्यान अधिकारीले भिडियोमा अभिनय गरेका छन । प्रकाश थापाले लेखेको गीतमा आशिक प्रजापतिले कम्पोज गरेका हुन ।
निर्देशन काफ्लेले अष्ट्रेलियामै थप केही गीतको भिडियो बनाउने तयारी गरिरहेका छन् । लामो समयको अन्तरालपछि काफ्ले भिडियो निर्देशनमा फर्किएका हुन । प्रबिन्दले विभिन्न सन्देशमुलक छोटा फिल्महरु निर्देशन गरि अवार्डसमेत प्राप्त गर्न सफल भएका छन् । यो गीतको भिडियोले पनि दर्शक/स्रोताको मन जित्नेमा आफू आशावादी रहेको काफ्लेले बताए ।






