प्रमोद र मेलिनाको स्वरमा ‘सागर सरी’ (भिडियोसहित)

काठमाडौं,
माघ १७ ।

प्रमोद खरेल र मेलिना राईको स्वरमा रहेको गीत ‘सागर सरी’ सार्बजनिक भएको छ । कविन्द्र भट्टराईको शब्द, प्रभात सुबेदीको सङ्गीत र बीबी अनुरागीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

कुमार केसीको निर्देशन रहेको गीतको भिडियोमा स्यारोन रेग्मी र रेजिना भारतीको अभिनय रहेको छ । अजय रेग्मीको छायांकन र अधिनायक मान सेरचनको सम्पादन रहेको गीतको भिडियो मुनाल डिजिटलको अफिसियल युटुब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार