काठमाडौं
माघ १० ।
सन्तोष कालिकोटेको स्वर रहेको गीत ‘तिम्रो सहर’ सार्वजनिक गरिएको छ । केही समय अघि यही गीतको ट्रेलर समेत सार्वजनिक गरीएको थियो ।
फिल्मी शैलीमा बनाइएको म्युजिक भिडियोमा अभिनेता अमिर गौतम, चर्चित छायाँकार तथा सरौतो निर्देशक हरि हुमागाई, मोडल सुशिला थापा, निर्देशक युबराज वाइबा, लोमस पौडेल तथा नारायण घिमिरेको अभिनय देख्न सकिन्छ । भिडियोलाई सम्पादक तथा निर्देशन निसान घिमिरेले गरेका छन् ।
यमन सुबेदीको शब्द तथा मनोजराज सिवाकोटीको सङ्गीत रहेको गीतमा किरण कंडेलको एरेञ्ज रहेको छ । भिडियोमा उत्तम हुमागाईको छायांकन, बिकास दाहालको सम्पादन र शंकर महर्जनको एक्सन देख्न सकिन्छ ।






