राजीव गुरुङ उर्फ ‘दीपक मनाङ्गे’ पक्राउ

काठमाडौं,
माघ ९ ।

गण्डकी प्रदेश सभाका सदस्य राजीव गुरुङ उर्फ ‘दीपक मनाङ्गे’लाई पक्राउ परेका छन् । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङमाथि हातपात गरेको आरोपमा उनलाई कास्की प्रहरीले बिहीबार पोखराको लेकसाइडबाट पक्राउ गरेको हो ।

मनाङ्गेविरुद्ध बिहीबारै जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । अदालतबाट पक्राउ गर्न अनुमति पाएसँगै प्रहरीले उनलाई पक्राउ गरेको हो ।

मिलनले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा दुर्व्यवहार गरेको आरोपमा जाहेरी दिएका थिए । कास्कीमा शुरु भएको मुख्यमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटनका दिन मंगलबार मनाङ्गेले मिलनलाई हातपात गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार