काठमाडौं,
माघ ८ ।
चलचित्र ‘सेल्फी किङ’को स्याड भर्सन गीत ‘जिन्दगीको के छ र भर…’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा मुख्य कलाकार विपिन कार्की फिचर्ड छन् ।
सुरज गैरे ‘विवस’को शब्द, केतन क्षेत्रीको स्वर, सुभाष भुसालको सङ्गीत रहेको गीतमा केतन क्षेत्रीको स्वर छ । सुभाष र केतनको पछिल्लो सहकार्यमा ‘लै लै’ बोलको गीत चर्चित भएको थियो ।
विशाल सापकोटाले निर्देशन गरेको यो चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, जीवन भट्टराई, सबिन बास्तोलालगायतका कलाकारको अभिनय रहेको छ ।
निर्देशक सापकोटाकै कथामा सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन र निर्मलकुमार थापाको कोरियोग्राफी छ । दिनेश राउत र सुभाष थापा मिलेर ‘सेल्फी किङ’ निर्माण गरेका हुन् ।
सुभाष थापा प्रोडक्सन र पिक्चर फ्रेम फिल्म प्रोडक्सनको व्यानरमा निर्मित सिनेमामा प्रवल कोइराला र राजेश बिशुराल सहनिर्माताको रुपमा छन् । चलचित्र माघ २४ गतेदेखि देशभरका सिनेमाघरमा आउँदै ।






