महोत्तरी,
माघ ६ ।
माघ १६ देखि बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब हुँने भएको छ । बर्दिबासलाइ एक आपसी सदभाबको पहिचान तथा नमुना शहर तथा प्रदेश न २ को व्यापारिक केन्द्रबिन्दु बनाउने अभियान सहित भ्रमण बर्ष-२०२० लाई सफल पार्न ‘आदिबासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब- २०७६’ माघ १६ गतेदेखि माघ २५ गतेसम्म हुने भएको हो ।
बर्दिबास नगरपालिका वडा न. १४ गौतम होटल नजिकमा हुन लागेको महोत्सब बर्दिबासको आर्थिक सम्बृदीको लागि सहायक सिद्ध हुने स्थानिय बासिन्दाको भनाइ छ । त्यसक्षेत्रमा रहने स्थानियबासिहरुलाई सर्बसुलभ तरिकाले सम्पुर्ण सामान एउटै थलोमा उपलब्ध गराउने उद्देश्यले शुरु गरिन लागेको मेलाले समग्र बर्दिबासबासिलाई प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा फाइदा पुर्याउने आयोजकले जनाएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद महोत्तरीको मुख्य आयोजना तथा नेपालका विभिन्न जिल्लाहरुमा औंद्योगिक तथा व्यापार मेला गर्दै आएको सस्था औंद्योगिक शान्ति नेपाल सस्थाको सहकार्य र बर्दिवास नगरपालिकाको संरक्षणमा यो महोत्सव हुन लागेको हो ।
बर्दिबास आफैँमा एक व्यापारिक धार्मिक, सास्कृतिक, र पर्यटकीय दृस्टीकोणले महत्वपुर्ण स्थल रहेको छ यसै अनुरुप यस मेलाले बर्दिबासको आन्तरिक तथा बाह्य पर्यटनमा बृद्धि गरि आर्थिक रुपले पनि मजबुत बनाउने र बर्दिबास क्षेत्रलाइ राष्ट्रिय तथा अन्तर्रास्ट्रिय रुपमा चिनाउन मद्दत पुग्ने नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद महोत्तरीका अध्यक्ष शान्तराज मोक्तानले बताए ।
उक्त मेलामा २ सय भन्दा धेरै स्टलहरु रहने र सम्पूर्ण दैनिक उपभोग्य खाद्यान्नका समानदेखि लिएर लत्ता कपडा, जुत्ता, कृषि तथा हस्तकलाका समान, भाडाकुडा, एकै ठाउमा सर्बसुलभ तरिकाले पाउने र त्यसै गरि अटो मोबाइल, विभिन्न ब्रान्डका मोबाइल अन्य इलोक्ट्रोनिक्स समान पनि उपलब्ध हुनका साथै मेलामा बिक्रि वितरण गर्न राखिएको समानमा २५ देखि ५० प्रतिशतसम्म छुटको ब्यबस्था रहेको औद्योगिक शान्ति नेपाल सस्थाका अध्यक्ष सन्दिप महतले जानकारी गराए ।
२ न. प्रदेश स्तरिय बर्दिबास आदिवासी जनजाति कृषि पर्यटन तथा ब्यापार महोत्सब २०७६ मा करिब पाँच लाख उपभोक्ताले मेलाको अबलोकन गर्ने अनुमान गरिएको र उक्त मेलामा चार दर्जन भन्दा धेरै राष्ट्रिय तथा स्थानीय कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक कला, गायन कला प्रदर्शन गर्ने र उपस्थित दर्शकलाई भरपुर मनोरञ्जन दिने र बालबालिकाहरुको लागि पनि छुट्टै बाल उद्दान, रोटे पिङ्ग, मारुती सर्कस, कोलम्बस, चिडियाघर, जादु तथा अन्य खेल सामग्री समेत रहेको जानकारी अध्यक्ष महतले गराए ।
औद्योगिक शान्ति नेपाल संस्थामा अध्यक्षमा सन्दिप महत, उपाध्यक्षमा राजकुमार खड्का, महासचिवमा शंकर गुरुङ, कोषाध्यक्षमा प्रितम मल्ल तथा सचिवालय ब्यबस्थापकमा बिनोद ज्यसवाल रहेको छन् ।






