काठमाडौं,
पुष २४ ।
प्रहरीले नक्कली नेपाली नोट बनाउने मेसिनसहित चार जनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरोले ४ लाख १३ हजार नक्कली नेपाली नोटसहित गोंगबुबाट कमल बुढाथोकी भन्ने कोवीराम बुढाथोकी समेत चार जनालाई पक्राउ गरेको हो ।
सीआईबीका अनुसार नक्कली नोट बनाउने मुख्य योजनाकार खड्का हुने भने नोट बनाउने बलबहादुर हुन् । बुढाथोकी र लिम्बुले नोट बजारमा पुर्याउने काम गर्ने गरेको सीआईबीको भनाइ छ ।
सीआईबीले पक्राउ परेका बुढाथोकीबाट २ लाख ९८ हजार, बलबहादुरबाट ९० हजार नक्कली नोट र रङ्गीन फोटोकपी मेसिन, एउटा पेपरमा ४ वटा नोट अटाएर फोटोकपी गरेका ३५ थान पेपर बरामद गरेको छ । खड्काबाट २५ हजार नक्कली नोट बरामद भएको छ । लिम्बुबाट भने नोट बरामद भएको छैन् ।
कसुर गर्न पयोग भएको मुद्रा, औजार, उपकरण वा यन्त्र र त्यससँग सम्बन्धित सामग्री जफत हुने कानुनी प्रावधान रहेको छ । सीआईबीका प्रवक्ता वेलबहादुर पाण्डेले प्रचलित कानुनअनुसार कारबाही हुने बताए ।






