काठमाडौं,
पुष १८ ।
चलचित्र ‘ठुलो माछा’ यतिवेला छायाँकनको अन्तिम चरणमा रहेको छ । प्रदीप पाठक (नक्कली प्रचण्ड)द्वारा निर्देशित चलचित्र ‘ठुलो माछा’को छायाँकन यतिबेला काठमाडौं र काभ्रे आसपास जिल्लामा भइरहेको छ । निर्देशक प्रदीपका अनुसार चलचित्रको ९० प्रतिशत काम सकिएको छ ।
कमेडी चलचित्र भनिएको ‘ठुलो माछा’मा उत्तम केसी, लक्ष्मी गिरी, महादेव त्रिपाठी, एलिना बास्कोटा, शारदा गिरी (कालीवुढी), प्रदीप पाठक (नक्कली प्रचण्ड)लगायतका कलाकारको मुख्य भुमिका रहेको छ ।
ह्याप्पी पाठक इन्टरटेन्मेन्टको ब्यानरबाट निर्मित भएको ‘ठुलो माछा’मा प्रकाश पाठकले लगानी गरेका छन् । चलचित्रकाके सहनिर्माताका रुपमा रामशरण खत्री रहेका छन् । चलचित्र फागुन अन्तिम साता सिनेमाघरमा आउँने निर्देशक पाठकले जानकारी गराए ।






