काठमाडौं,
पुष १८ ।
सञ्चारकर्मी सुरज पौडेलको नयाँ गजल गीत ‘जबसम्म शास छ’ बजारमा आएको छ । पौडेलको शब्द, अर्का सञ्चारकर्मी दीपकराज विश्वकर्माको साङ्गीत तथा सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
मेलिना राई र बुद्ध मोक्तानको स्वर रहेको गीतको भिडियोलाई अशोक विकले निर्देशन गरेका छन् । गीतको भिडियोमा अभिशेक ओली र एलिना देउजालाई फिचरिङ गरिएको छ । वीरेन्द्र भट्टको छायाँकन रहेको भिडियोमा रविन विकको सम्पादन रहेको छ ।






