शनिबार साँझ राजधानीमा गुञ्जिइन् आशा भोस्ले

काठमाडौं,
पुष १३ ।

साधाना कला केन्द्रको आयोजनामा ‘म्युजिकल जर्नी अफ रञ्जित गजमेर विथ आशा भोसले’ कार्यक्रममा काठमाडौंमा भारतीय गायिका आशा भोस्लेको गुञ्जिइन् । काठमाडौँको सोल्टी होटलमा आयोजना गरिएको साङ्गीतिक कार्यक्रममा रञ्जित गजमेरले सङ्गीत गरेका गीतहरु घन्किएका थिए । भोस्लेले पनि गजमेरको सङ्गीतमा केही नेपाली गीतमा स्वर दिईन् ।

उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उनले ‘किन बढ्दैछ ढुकढुकी मुटुको’, ‘आगेआगे तोपकै गोला’, ‘डाँडा खोलाबगर’, ‘झझल्को लिएर आएछ’, ‘माइतीघर’, ‘मोहनी लाग्ला है’ लगायतका गीत प्रस्तुत गरेकी थिइन । मोहनी लाग्ला है गीतमा गायक रामकृष्ण ढकालले भोस्लेलाई साथ दिएका थिए । गायिका भोस्लेले ‘हरे कृष्ण हरे राम’ बोलको हिन्दी गीत पनि गाईन् ।

भोस्लेले नेपालमा आउँदा पाएको सम्मान स्मरणयोग्य रहेको बताइन् । कार्यक्रममा इन्द्रजीत मिजार, भारती घिमिरे, दीप श्रेष्ठले पनि प्रस्तुति दिएका थिए भने अन्य थुप्रै कलाकारले रञ्जित सङ्गीत र उनकी पत्नी कुशुम गजमेरका शब्दमा रहेका गीतहरु गाए ।

‘हेर न हेर कान्छा’, ‘चिसो-चिसो हावामा’, ‘सुन भनन’, ‘पहाडको माथि माथि’, ‘वीरताको चिनो’, ‘टाढा भइनदेऊ फेरि’, ‘तिमी मेरो म तिम्रो’, ‘भनिदेऊ आज’, ‘यो बाटो कहाँ जाने हो’, ‘पिरतीको मिठो तिर्सना’, ‘लहनाले, पिएको त’, ‘साउने झरीमा’, ‘यो मुटुलाई’, ‘दिलमा फोटो छ’लगायतका गीत विभिन्न कलाकारहरुले प्रस्तुत गरेका थिए । बुधबार नेपाल आएकी आशा सोमबार भारत फर्कनेछिन्।

यसमा तपाइको मत

अन्य समाचार