आशा भोस्ले काठमाडौंमा

काठमाडौं,
पुष १० ।

भारतकी प्रसिद्ध गायिका आशा भोस्ले नेपाल आएकी छन् । साधना कला केन्द्रको निमन्त्रणामा उनि बुधबार दिउसो काठमाडौं आएकी हुन् । उनले सङ्गीतकार रणजीत गजमेरको सङ्गीतमा यहाँ तीनचार वटा गीत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रम आगामी शनिबार काठमाडौंको सोल्टी क्राउन प्लाजामा हुँदैछ । कार्यक्रमका लागि सङ्गीतकार गजमेर काठमाडौं आइसकेका छन् । उक्त साङ्गीतिक कार्यक्रममा ३२ सङ्गीतकर्मी र ३७ गायक गायिका सहभागी हुनेछन् । गायिका भोस्लेले लुम्बिनी, पोखरा, मुक्तिनाथलगायत स्थानको पनि भ्रमण गर्ने बताइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार