काठमाडौं,
पुष ८ ।
पदम भट्टराईको स्वरमा रहेको गीत ‘कहीँ कतै तिम्रो सम्झनामा…’ सार्वजनिक भएको छ । गणेश न्यौपानेको शब्द तथा सङ्गीत र विक्रम कार्कीको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । नियोन क्रियशन स्टूडियोले निर्देशन गरेको गीतको भिडियोमा गायक भट्टराई स्वयम् र मोडल सोनिका केसी फिचर्ड छन् ।
गायक भट्टराई आफ्नै यूट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको भिडियो रोमान्टिक थिममा रहेको छ । गायक भट्टराईले यसपटक आफूले दर्शक/स्रोतालाई स्पेनिस फ्लेवर दिन खोजेको बताए ।
क्यानाडा निवासी गायक भट्टराईले तीन वर्ष अगाडि ‘कहीँ त होला…’ बोलको गीत सार्वजनिक गरेका थिए । यो गीतबाट सकारात्मक प्रतिक्रिया बटुल्न सफल भएका उनी यसपटक पनि दर्शक तथा स्रोताको माया पाउनेमा आशावादी छन् ।






