आज सबैभन्दा छोटो दिन र लामो रात

काठमाडौं,
पुष ६ ।

२२ डिसेम्बर वर्षको सबैभन्दा छोटो दिन र लामो रात परेको छ । पृथ्वीको उत्तरी खण्डमा सबैभन्दा छोटो दिन आज पर्न गएको हो । दक्षिणी खण्डमा भने यही समय वर्षको सबैभन्दा लामो दिन र छोटो रात हुने छ । आज बिहान ६ बजेर ५१ मिनेटमा उदाएको सुर्य बेलुकी ५ बजेर १४ मिनेटमा अस्ताउनेछ ।

अहिलेको पात्रोमा रहने ३६५ दिन र हरेक चार वर्षमा १ दिन थप हुने कारणले यो डिसेम्बर २०, २१, २२ वा २३ मा पर्न गएको बताइन्छ । हरेक वर्ष जाडोमा हुने सोल्सटाईस (सक्रान्ती) उत्तरी खण्ड सूर्यबाट २३.५ डिग्रीले टाढा हुन्छ । जस कारण सूर्यको किरण अन्य समयभन्दा थोरै आउँछ र रात धेरै हुन्छ । हरेक वर्ष हुने यो सोल्सटाईस डिसेम्बरको २१ वा २२ मा पर्ने खगोल वैज्ञानिकहरु बताउँछन् ।

यसमा तपाइको मत

अन्य समाचार