काठमाडौं,
पुष ६ ।
राजेशपायल राई र लीला राईको युगल स्वरमा ‘लन्डन शहर हो लन्डन शहर, तिमीसँगै घुम्न जान लाग्यो रहर’ बोलको गीत भिडियोसहित सार्वजनिक भएको छ ।
स्टुडियो किङको युटुब च्यानलबाट सार्वजनिक भएको गीत ढुण्डिराज सुच्चा राई ‘कटुञ्जे माइला’ले रचेका हुन् भने सङ्गीत मनोज साङसोन राईले दिएका छन् । सङ्गीत संयोजन पनि सङ्गीतकार साङसोनकै रहेको छ ।
गीतमा बेलायतको प्रसिद्ध शहर लन्डनको महिमा बयान गरिएको छ । भिडियोमा लन्डन शहरको मनमोहक दृश्य देख्न सकिन्छ ।






