काठमाडौं,
पुष २ ।
‘न्यू गोधुली दोहरी साँझ’को शुभारम्भ भएको छ । गीतकार, गायक मित्र के.सी.ले यो दोहोरी साँझलाई सञ्चालनमा ल्याएका हुन् । सन्ध्या कार्की र मित्र केसीका सहयोगिहरु मिलेर ललितपुरको बालकुमारी, खरिबोटमा ‘न्यू गोधुली दोहरी साँझ’को शुभारम्भ गरिएको हो ।
‘न्यू गोधुली दोहरी साँझ’मा ख्याति प्राप्त कलाकार संगम परियार, कल्पना खत्री, श्याम जी.सी., रश्मी तिमल्सिना, स्मृति बी.सी.लगायत स्वयम् मित्र के.सी.को मनोरञ्जनात्मक प्रस्तुतिका साथ पारिवारिक वातावरणमा स्वादिष्ट परिकारको आनन्द लिन सकिने बताईएको छ ।






