काठमाडौं,
मंसिर २६ ।
लक्ष्मी निर्मल कोइराला र मेलिना राईको स्वरमा रहेको गीत ‘भमराले फूललाई’ सार्वजनिक भएको छ । सुशील पुन विरहीको शब्द, महेश खड्काको सङ्गीत र महाराज थापाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=eOwL5HfD-Vs
मिनाक्षी कोइरालाको निर्देशन रहेको गीतको भिडियोमा नायिका नीता ढुंगानाको साथमा रञ्जित र बेबोको अभिनय रहेको छ । अभेष बज्राचार्यको ड्रोनर शिवराम श्रेष्ठको छायाँकन रहेको भिडियोमा माधव बेलबासेको सम्पादन रहेको छ ।
गायक लक्ष्मी निर्मल कोइरालाको यसअघि पनि हिमाल सागरको शब्द, सङ्गीतमा ‘मायाको मिटर’ बजारमा ल्याइसकेका छन् ।






