काठमाडौं,
मंसिर २५ ।
१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा स्वर्ण पदक जित्ने खेलाडीलाई नौ लाख दिने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बुधबार खेलाडीहरुलाई सम्मान गर्दै उक्त घोषणा गरेका हुन् ।
जसअनुसार रजत पदक विजेता खेलाडीलाई ६ लाख र कास्य पदक विजेतालाई तीन लाख रुपैया दिने पनि प्रधानमन्त्रीले घोषणा गरे ।
१३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितमा नेपालले ५१ स्वर्ण पदक जितेको छ । सागमा ५१ स्वर्ण जितेर नेपाल दोस्रो भएको छ । नेपालका लागि सबैभन्दा धेरै स्वर्ण तेक्वान्दोका खेलाडीले जितेका छन् ।
तेक्वान्दोमा नेपालले १२ स्वर्ण पदक हात पारेको छ । त्यसपछि करातेमा नेपालले ९ स्वर्ण जित्यो भने नेपालले उसुमा ६ स्वर्ण जित्न सफल भयो ।
यस्तै साईकिलिङ र पौडीमा ४-४ स्वर्ण जितेको नेपालले एथलेटिक्समा ३ स्वर्ण स्वर्ण जितेको छ भने बक्सिङ्मा नेपालले ३ स्वर्ण पदक जितेको छ । नेपालले ५१ स्वर्ण, ६० रजत र ९५ काश्य पदक जितेको थियो ।






