धनगढी,
मंसिर २५ ।
मिष्टर एण्ड मिस सुदूर पश्चिमाञ्चलको उपाधि रोशन खत्री र आस्था पाण्डेयले चुमेका छन् । अप इन्टरटेन्मेन्ट प्रा.लि.को आयोजनामा धनगढीमा सम्पन्न भएको प्रतियोगितामा उनीहरुले सो उपाधि चुम्न सफल भएका हुन् ।
प्रतियोगितामा महिलातर्फ आरती ओझा फस्ट रनर्सअप र अनामिका न्यौपाने सेकेन्ड रनर्सअप भए भने पुरुषतर्फ साहिल खड्का फष्ट रनर्सअप र हेम सागर मल्ल सेकेन्ड रनर्सअप भए ।
प्रतियोगितामा अभिनेता आर्यन सिग्देल, पूर्वप्रधानसेनापति रुक्माङगद कटुवाल, अलिजा महर्जन, अश्विनी झा, निशु झार पुष्कर ओझा निर्णायक रहेका थिए । मिस्टर एन्ड मिस सुदूरपश्चिमाञ्चलको यो पाँचौँ संस्करण हो ।






