काठमाडौं,
मंसिर २४ ।
तेजश रेग्मी र बिष्णु माझीको स्वर रहेको गीत ‘छोटो कपाल’ सार्वजनिक भएको छ । तेजशकै शब्द/सङ्गीत र आसिस अभिरलको सङ्गीत संयोजन रहेको गीतको भिडियो इनाक्षी इन्टरटेन्मेन्टको अफिसियल युट्युब मार्फत सार्वजनिक भएको हो ।
शिव विकले निर्देन गरेको गीतको भिडियोमा नायिका शुस्मा कार्की र पछील्लो समयमा गायन तथा मोडलिङमा चर्चा कमाइरहेका मोडल तथा गायक दुर्गेश थापाको साथमा गोबिन्द भट्टराई फिचर्ड छन्। कलेज पढ्ने युवा युवतिको प्रेम देखाउन खोजिएको छ भिडियोमा अजय रेग्मीको छायाँकन र प्रबिण भट्टले सम्पादन गरेका छन् ।
गीत जति राम्रो र भिडियो पनि उत्कृष्ट बनेकोले दर्शकहरुले मन पराउनेमा आफुहरु ढुक्क रहेको इनाक्षी इन्टरटेन्मेन्टका राम कंडेलले जानकारी दिए । पछील्लो समयमा इनाक्षी मार्फत उत्कृष्ट गीतहरु सार्वजनिक भइरहेका छन् ।
केही समय अगाडि इनाक्षी मार्फत सार्वजनिक भएको ‘पिडालु’ बोलको गीतले युट्युबमा असी लाख भन्दा धेरै भ्युज पाउदै दर्शक स्रोताहरुको मन जितिरहेको छ । इनाक्षीका अन्य गीतले जस्तै ‘छोटो कपाल’ले पनि दर्शक स्रोताको मन जित्नेमा आफूहरु बिश्वस्त रहेको कंडेलले बताए ।






