काठमाडौं,
मंसिर २२ ।
रोजल थापाको निर्देशन रहेको गीतको भिडियो ‘अञ्जुली’ सार्वजनिक भएको छ । मेलिना राई र सुनिल छिदालको स्वर, सुनिलकै शब्द/सङ्गीत र प्रसन्न परियारको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा सुनिल र मेलिनालाई नै फिचर्ड गरिएको छ ।
वीरेन्द्र भट्टको छायाँकन रहेको भिडियोमा अनिल रानाको सम्पादन रहेको छ । गायक सुनिल छिदालले गायिका मेलिना राईलाई सम्मान गर्दै उक्त गीत निर्माण गरिएको बताए ।






