‘सेल्फी किङ’को टिजर सार्वजनिक

काठमाडौं,
मंसिर १८ ।

चलचित्र ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको छ । माघ २४ गतेलाई प्रदर्शन मिति तय गरेको विपिन कार्की अभिनित चलचित्र ‘सेल्फी किङ’को टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा अभिनेता विपिनलाई मात्र देखाईएको छ । प्रायः चलचित्रमा भिन्न–भिन्न पात्रमा प्रस्तुत भएका विपिन यस चलचित्रमा पनि विल्कुलै भिन्न र नयाँ रुपमा देखिएका छन् ।

विशाल सापकोटाको डेब्यू निर्देशनमा तयार भएको चलचित्रमा विपिनसँगै लक्ष्मी वर्देवा, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराललगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रमा अभिनेत्री केकी अधिकारीले बिशेष भुमिका निर्वाह गरेकी छिन् ।

गतवर्ष प्रदर्शनमा आएको चलचित्र ‘प्रसाद’का निर्माता सुभाष थापा र सोही चलचित्रका निर्देशक दिनेश राउतले संयुक्त रुपमा ‘सेल्फी किङ’ निर्माण गरेका हुन् ।

चलचित्रमा निर्देशक विशालकै लेखन, सुशन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुसालको सङ्गीत र निर्मल लामाको कोरियोग्राफी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार