अमेरिकामा दुई महिने साङ्गीतिक कार्यक्रम गरेर स्वदेश फर्किइन सत्यकला

काठमाडौं,
मंसिर १७ ।

लोकप्रिय गायिका सत्यकला राई अमेरिकामा दुई महिने लामो साङ्गीतिक यात्रा गरेर स्वदेश फर्किएकी छन् । अमेरिकाका बिभिन्न स्टेटमा आफ्नो प्रस्तुति दिएर उनी स्वदेश फर्किएकी हुन् ।

हाम्रो आवाज अनलाईन टि.भि.को प्रस्तुति नमस्ते कोलोराडो साङ्गीतिक साँझलगायत थुप्रै ठाउँमा उनले आफ्ना प्रस्तुति मार्फत स्रोता/दर्शकको मन जित्न सफल भएकी थिइन ।

त्यहाँ भएका विभिन्न कार्यक्रममा प्राज्ञ एवम् लोकप्रिय गायिका सत्यकला राईले ‘तिमीलाई हङकङ पुर्यायो…’लगायत आफ्ना दर्जन चर्चित गीत प्रस्तुत गरेकी थिइन ।

अमेरिकाको बिभिन्न स्थानमा साङ्गीतिक प्रस्तुति दिने क्रममा त्यहाँका नेपाली सङ्घ, संस्थाले उनलाई सम्मान समेत गरेका थिए ।

यसमा तपाइको मत

अन्य समाचार