बागलुङको बडीगाड गाउँपालिका-७ भिमगिठे घोपर्नामा जीप दुर्घटना हुँदा १४ मृत्यु

बागलुङ,
मंसिर १७ ।

बागलुङको बडीगाड गाउँपालिका-७ भिमगिठे घोपर्नामा जीप दुर्घटना हुँदा १४ जनाको ज्यान गएको छ । गुल्मीको ईस्माबाट बागलुङको बुर्तिवाङ जाँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप मंगलबार बिहान बडीगाड खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

दुर्घटनामा ९ जना महिला ४ पुरुष एक बालक गरी १४ जनाको ज्यान गएको हो । उक्त दुर्घटनामा परी अन्य एक जना बालक बेपत्ता भएका छन् भने ३ जनाको उद्धार गरी उपचारर्थ बुर्तिवाङ पठाईएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार