प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि आज मतदान

काठमाडौं,
मंसिर १४ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदका लागि मतदान शुरु भएको छ । निर्वाचन आयोगका अनुसार, मुलुकका ३७ जिल्लाका २४७ मतदान स्थल र ५३७ मतदान केन्द्रमा ७ बजेदेखि मतदान सुरु भएको हो ।

प्रतिनिधिसभातर्फ २१, प्रदेशसभा सदस्य तर्फबाट ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ।

यसमा तपाइको मत

अन्य समाचार