मेरो घर र एनएमबी बैङ्कको सहकार्यमा ‘अब बन्छ हजुरको घर’

काठमाडौं,
मंसिर ११ ।

मेरो घर र एनएमबी बैङ्कले संयुक्त रूपमा ‘अब बन्छ हजुरको घर’ अफर सुरू गरेका छन् । ग्राहकलाई आवासीय घर बनाउन सहज सेवा र वित्तीय सुविधा दिने यस्तो योजना नेपालमै पहिलो पटक अघि सारिएको हो ।

योजना अन्तर्गत, जग्गाधनीहरुले घर बनाउन एनएमबी बैङ्कबाट सहज ब्याजदरमा कर्जा लिएर २५ बर्षसम्मको अवधिमा भुक्तानी गर्न सक्ने बताइएको छ ।

मेरो घरले ग्राहकको इच्छाअनुसार घरको डिजाइनदेखि पूर्णनिर्माणसम्मको सेवा प्रदान गर्नेछ । त्यस्तै, घरको पूर्ण निर्माण सम्पन्न नभएसम्म वा १२ महिना अवधिसम्म किस्ता भुक्तानी गर्न नपर्ने तथा घर निर्माणका लागि शतप्रतिशतसम्म कर्जा सुविधा उपलब्ध हुने बताइएको छ । यसका लागि, मेरो घर र एनएमबी बैङ्कको सहकार्यमा सरल र सहज ऋण प्रशोधन प्रणालीको प्रबन्धन गरिएको मेरो घरका प्रमुख बजार अधिकृत अनोज खतिवडाले जानकारी दिए ।

ग्राहकलाई आफ्नो घर निर्माणका लागि आर्थिक सहजता दिने मात्र नभई डिजाइन तथा निर्माणको समेत सेवा दिन यस्तो योजना अघि सारिएको उनले बताए । आफ्नै जग्गा भएका जागिरे युवा तथा लामो समयदेखि घर निर्माण गर्न योजना बनाएका व्यक्तिले यस अफरको लाभ उठाउन सक्ने उनको भनाई छ । त्यस्तै, विदेशमा बसोबास गर्ने र आफ्ना परिवारको लागि घर बनाउन चाहनेका लागि समेत यो अफर लक्षित रहेको र ग्राहकको जग्गा तथा आम्दानी स्रोतमा नियम र सर्तहरू भने लागु हुने मेरो घरले जनाएको छ ।

यसमा तपाइको मत

अन्य समाचार