काठमाडौं,
मंसिर ९ ।
‘मिष्टर नेपाल २०२०’को खोजी सुरु भएको छ । आयोजक एक्सपोज नेपालले मोफसलबाट नयाँ मिष्टर नेपालको खोजी सुरु गरेको हो ।
गत कार्तिक २५ गतेदेखि धनगढीबाट सुरु भएको प्रतियोगिताको पहिलो चरणको धनगढी, बिरगन्जहुँदै सोमबार चितवनमा आयोजना गरिएको थियो । बिरगन्ज अडिसनबाट ९ र चितवनबाट ४ युवा फाइनल प्रतिस्पर्धाका लागि छानिन सफल भएको आयोजक एक्सपोज नेपालकी सिइयो अर्चना थापाले जानकारी दिइन् । दुबै अडिसनमा दुई दर्जन बढी सहभागी रहेका थिए ।
एक्सपोज नेपालकी सिइयो अर्चना थापा, रबिन्द्र श्रेष्ठ, दीपक शाक्य, दीपराज बर्णवाल, सन्तोषलगायतका छनौट चरणको निर्णायकमा रहेका छन् । प्रतियोगिताको छनौट चरणको अडिसन १० गते मंगलबार बुटवल, १२ गते पोखरा र १४ गते काठमाडौंमा आयोजना हुनेछ । काठमाडौं अडिसन पछि छनौट चरणको अडिसन सकिने आयोजकले जनाएको छ ।
१७ बर्षदेखि ३२ बर्ष ननाघेका युवाहरुले सहभागीता रहेन प्रतियोगितामा पहिलो चरणको अडिसनबाट अडिसनबाट छानिएका प्रतियोगीलाई मात्र अन्तिम प्रतिस्पर्धाको तयारी कक्षा स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङग, क्याटवाक, व्यक्तित्व विकास, पब्लिकस्पिकिङलगायतका दर्जन बढी बिषयको प्रशिक्षणमा सहभागी गराइनेछ ।
युवाहरुको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धी, क्षमता उजागरलगायत नेतृत्वदायी क्षमता विकास गर्ने उद्देश्यले यो प्रतियोगिता २००१देखि नियमित आयोजना हुँदै आएको नेपालको प्रतिष्ठित सौदर्य प्रतियोगिता हो ।
प्रतियोगिताको विजेताले शिर्ष उपाधिका साथमा अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिष्टर वल्र्ड २०२०मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन् ।






