नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको शपथ ग्रहण आज

काठमाडौं,
मंसिर ५ ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरुको पद तथा गोपनीयताको सपथ आज बिहान ११ बजे हुँदैछ । बुधबार नवनियुक्त भएका ६ मन्त्री र ३ राज्यमन्त्रीले राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिने राष्ट्रपति कार्यालयले जनाएको हो ।

मन्त्रीहरुले राष्ट्रपतिबाट तथा राज्यमन्त्रीहरुले प्रधानमन्त्रीबाट शपथ लिने छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्रीलाई हटाएर नयाँ नियुक्त गरेका थिए ।

नवनियुक्त मन्त्रीमा रामेश्वर राय यादव श्रम रोजगार तथा सामाजिक सुरक्षा, हृदयेश त्रिपाठी संघीय मामिला तथा सामान्य प्रशासन, लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति, घनश्याम भुसाल कृषि तथा पशुपन्छी विकास र पार्वत गुरुङ महिला बालबालिका तथा ज्येष्ठ नागरिक, बसन्तकुमार नेम्वाङ भैतिक पूर्वाधार तथा यातायात, रहेका छन् । त्यस्तै मोतिलाल दुगड उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री, नवराज रावत स्वास्थ्य तथा जनशङ्ख्या राज्यमन्त्री र रामवीर मानन्धर शहरी विकास राज्यमन्त्री नियुक्त भएका छन् ।

यसमा तपाइको मत

अन्य समाचार