प्रचण्ड कार्यकारी अध्यक्ष

काठमाडौं,
मंसिर ५ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अध्यक्ष पुष्पकमल दाहल ‘प्रचण्ड’लाई कार्यकारी अधिकार दिएको छ । बुधबार बसेको पार्टीको सचिवालय बैठकले पार्टीको कार्यकारी अध्यक्षको काम कारबाही गर्न अध्यक्षको जिम्मेवारी प्रचण्डलाई दिएको हो । केपी ओली भने पाँचै वर्ष प्रधानमन्त्री रहने सचिवालयको निर्णय छ ।

प्रचण्डले कार्यकारी अधिकार पाएपनि दुवैको बरियता भने समान रहने छ । अब पार्टीको आन्तरिक बैठकको अध्यक्षता प्रचण्डले गर्ने छन् ।

पार्टी एकता गर्दा दुई अध्यक्षबीच आलोपालो सरकारको नेतृत्व गर्ने गोप्य सहमति भएको थियो । त्यो नभए आफुलाई कार्यकारी अधिकार दिन उनले माग गर्दै आएका थिए । एक महिनाअघि नै ओली प्रचण्डलाई कार्यकारी अध्यक्ष बनाउन तयार भएका थिए ।

यसमा तपाइको मत

अन्य समाचार