‘चुरीफुरी’का लागि कलाकार छनौट सुरु

काठमाडौं,
मंसिर १ ।

चलचित्र ‘चुरीफुरी’का लागि कलाकार छनौट सुरु गरिएको छ । निर्देशक ऋषिराज आचार्यको निर्माण र निर्देशनमा बन्न लागेको चलचित्र ‘चुरीफुरी’ले कलाकार छनौट कार्य सुरु गरेको हो ।

पहिलो चरणको अडिसन शुक्रबार आरबी मुभीजको कार्यालय, चक्रपथमा सम्पन्न भएको छ । स्क्रिप्टले नयाँ अनुहार माग गरेकाले अडिसन गरेर कलाकार छनौटको प्रक्रिया सुरु गरिएको जानकारी निर्देशक आचार्यले दिए ।

आचार्यकै लेखन रहेको चलचित्रका लागि गरिएको अडिसनमा झण्डै दुई सय नव प्रतिभाले अडिसन दिएका थिए । पहिलो चरणको अडिसनमा केही प्रतिभाशाली प्रतिभा छनौट भएको आचार्यले जानकारी दिए । उनले ‘चुरीफुरी’ का लागि प्रमुख अभिनेता, अभिनेत्री तथा सहकलाकार समेत आबश्यक रहेकाले दोस्रो चरणको अडिसन पनि गरिने बताए । अडिसनमा सहभागी युवायुवतीले आफूमा निहित बिबिध प्रकारका अभिनय क्षमता प्रस्तुत गरेका थिए ।

केही दिनपछि हुने दास्रो चरणको अडिसनपछि सम्पूर्ण कलाकार छनौट हुने बिश्वास आचार्यले लिएका छन् । बिदेशमा रहेका इच्छुक प्रतिभाले भिडियो क्लिप्सबाट अडिसन दिन सक्ने ब्यबस्था मिलाइएको छ । पहिलो चरणको अडिसनमा निर्देशक ऋषिराज स्वयम्का साथमा सञ्चारकर्मी तथा निर्देशक लक्ष्मण सुवेदी अतिथि निर्णायकका रुपमा थिए ।

‘मिस्टेक’, ‘सपना तिम्रो मेरो’, ‘सुन्तलीलाई भगाइ लग्यो झिल्केले’ र ‘ड्रिम गर्ल’ जस्ता चलचित्र निर्माण गरिसकेका आचार्यकोे ‘चुरीफुरी’को छायाँकन मंसिर तेस्रो साताबाट सुरु हुने बताइएको छ । कमेडी जनराको चिलचित्र आरबी मुभीजकै ब्यानरमा निर्माण हुँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार