‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
कार्तिक ३० ।

‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’ सार्वजनिक भएको छ । बेलबारी नगरपालिका, मोरङकी उपप्रमुख तारा पराजुलीद्वारा लिखित आधुनिक गीत ‘कुन गीत गाऊँ, कुन धुन बजाऊँ’को म्युजिक भिडियो सार्वजनिक भएको हो ।

बूढासुब्बा डिजिटलमार्फत सार्वजनिक भिडियोमा नायिक सञ्चिता लुईंटेल र नायक नारायण डिसी अभिनितछन् ।

कविसमेत रहेकी उपप्रमुख पराजुलीको प्रेमप्रधान गीतमा भीम बिसीले सङ्गीत भरेका छन् भने सङ्गीत संयोजन महाराज थापाको रहेको छ ।

गायिका सरु गौतमको सुमधुर स्वर सजिएको गीतको भिडियो निर्देशन नारायण डिसी स्वयंमले गरेका छन् । प्रेम कटवालको प्रस्तुति रहेको भिडियो उत्सव दाहालले छायाँकन र माधव बेल्बासेले सम्पादन गरेका छन् ।

यसमा तपाइको मत

अन्य समाचार