काठमाडौं,
कार्तिक २६ ।
सीमा अतिक्रम विरुद्ध नेविसंघ पद्यमकन्या क्याम्पसको प्रदर्शन गरेको छ । भारतले नेपाली भूमि कालापानी लिम्पयाधुरा र लिपुलेक आफ्नो नक्सामा पारेको बिरोधमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन (नेविसंघ) पद्यमकन्या क्याम्पसले प्रदर्शन गरेको हो ।
विरोध सभालाई नेविसंघ पद्यमकन्या क्याम्पसकी सभापती लक्ष्मी दाहालले सम्बोधन गर्दै ‘हाम्रो भूमी एक इन्च पनि तलमाथि हुनुहुदैन । भारतीय विस्तारवाद विरुद्ध हामीहरु अझै सशक्त रुपमा अगाडी बढने बेला आएको छ र सबै नेपालीहरुले यो अवस्थामा एक भएर भारतीय विस्तारवाद विरुद्ध लड्नुपर्ने हुन्छ’ भनेकी थिइन ।
भारतले सार्वजनिक गरेको नयाँ नक्सामा कालापानी लिम्पयाधुरा, लिपुलेकलगायतका नेपाली भू-भाग आफ्नो नक्सामा समेटिएको छ । जसको नेपालभरी प्रद्धर्शन विरोध भइरहेको छ । राजनीतिक तहमा नेपाली भू-भाग फर्काउन पहल गर्ने सहमति बनेको छ भने सत्तारूढदेखि प्रतिपक्षी विद्यार्थी संगठनलगायतले केही दिनदेखि भारत सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् ।






