तेस्रो सातामा ‘पोई पर्‍यो काले’

काठमाडौं,
कार्तिक २६ ।

कार्तिक ८ गते बाट प्रदर्शनमा आएको चलचित्र ‘पोई पर्‍यो काले’ तेस्रो सातामा प्रदर्शन भइरहेको छ । काठमाडौँको गोपीकृष्ण,गुण र अस्ट नारायणमा र काठमाडौँ बाहिरका केहि हलहरुमा चलचित्र प्रदर्शन भई रहेको हो ।

चलचित्रमा समाबेश स्याड भर्सन केही दिन अघि मात्र यु ट्युबमा सार्बजनिक गरिएको छ । प्रेम परियारको स्वरमा रहेको ‘माया ले’ बोलको गीतमा शब्द रघु परियारको रहेको छ भने सङ्गीत पुरुषोत्तम न्यौपानेको रहेको छ ।

चलचित्रले मानिसको बाहिरी रुप हेरेर राम्रो नराम्रो भनिने गलत सोच राख्नु हुँदैन भन्ने सन्देश बोकेको छ । मानिसको रुप भन्दा पनि मन सफा र गोरो हुनुपर्ने बिषयलाई उठाउन खोजेको चलचित्रमा निर्देशक शिशिर राणाकै कथा रहेको छ ।

रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा पूजा शर्मा, आकाश श्रेष्ठ, सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, सोहित मानन्धर, राजाराम पौडेललगायतको मुख्य भूमिका छ ।

किरण नेपाली प्रस्तुतकर्ता रहेको चलचित्रमा दीपक मनाङ्गे र सरोज नेपाली निर्माताको रुपमा छन् भने अमलादेवी राई कार्यकारी निर्माताको रुपमा छिन् । शिव ढकालको छायांकन रहेको चलचित्रमा अर्जुन पोखरेल र पुरुषोत्तम न्यौपानेको सङ्गीत, रामजी लामिछाने र कमल राइको कोरियोग्राफी रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार