काठमाडौं,
कार्तिक १९ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूभाग भारतमा समेटेर हालै भारत सरकारद्वारा जारी नयाँ नक्साप्रति गम्भीर आपत्ति जनाएको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम्पियाधुरा भारतमा समेटिएकोमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।
राप्रपाले आफ्नो भूभागको रक्षा गर्न र राष्ट्रियताजस्तो संवेदनशील विषयमा गम्भीर बन्न सरकारसँग माग गरेको छ । यस कार्यको कुटनीतिक ढंगबाट तत्काल सशक्त प्रतिवाद गर्न राप्रपाले सरकार र प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको छ ।






