नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला

काठमाडौं,
कार्तिक १७ ।

सरकारले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइरालालाई नियुक्त गरेको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले बरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालालाई मेडिकल काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।

काउन्सिलको अध्यक्षको कार्यकाल चार वर्ष हुने व्यवस्था छ । मेडिकल काउन्सिलका निर्वतमान अध्यक्ष डा. धर्मकान्त बास्कोटाको कार्यकाल गत जेठमा सकिएपछि काउन्सिल नेतृत्वविहिन थियो ।

यसमा तपाइको मत

अन्य समाचार